दफा ४९
पुरस्कार दिन सकिने
(१) फोहरमैला व्यवस्थापनका लागि नवीनतम अवधारणाहरुको विकास गर्ने, त्यस्तो कार्यलाई प्रोत्साहित गर्ने तथा फोहरमैला व्यवस्थापन कार्यमा योगदान गर्ने व्यक्ति वा संस्थालाई“मन्त्रालयले” सम्मान स्वरुप उपयुक्त पुरस्कार दिन सक्नेछ ।
(२) यस ऐनको प्रतिकूल हुने गरी जथाभावी फोहरमैला राख्ने, थुपार्ने वा फाल्ने व्यक्तिको बारेमा प्रमाण सहित उजुरी दिने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले सम्मान एवं नगद पुरस्कार समेत दिन सक्नेछ ।